९ कार्तिक २०८३, सोमबार

आफ्ना सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोमा एमालेको राष्ट्रपतिलाई पत्र

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ७ जेठ । नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले सांसद जयकुमार राईको पत्र र अन्य सांसदको समेत असहमति रहेको कागजातसहित राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

राष्ट्रपतिले दुवै पक्षको प्रधानमन्त्रीका लागि गरिएको दावीका विषयमा कानुनी अध्ययन गरिरहेको जनाएको छ ।

एमालेका सांसदहरुको हस्ताक्षर दुरुपयोग भएकोले एमालेका कुनै पनि सांसदको नाममा विपक्षी दलले गरेको दावीलाई मान्यता नदिन अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रमा आग्रह गरिएको छ । हस्ताक्षर दुरुपयोगको छानबिन भइरहेको र कारवाहीको प्रक्रियामा रहेको जानकारी समेत दिइएको छ ।

त्यस्तै, शुक्रबार विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दावी गर्ने पत्रमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, जसकुमार राई र गणेश पहाडीले विरोध जनाएका छन् ।