
काठमाडौं, ४ जेठ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४० जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि दैनिक ४ हजारकै हाराहारीमा सङ्क्रमितको मृत्यु हुँदै आएको भए पनि अहिलेसम्म एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन ।
भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गए पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् ।
यो संँगै भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार ९७० पुगेको छ भने दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् । ३३ लाख ५९ हजार २१६ जनाको उपचार भइरहेको छ । उपचाररत सङ्क्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ ।















प्रतिक्रिया