६ कार्तिक २०८३, शुक्रबार

भारतले हटायो कोरोना संक्रमितलाई प्लाज्मा दिने उपचार विधि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । भारतले संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिने उपचार विधि हटाएको छ ।

संक्रमितलाई फाइदाजनक नभएको र गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले यो विधि हटाएको हो । गत साता बसेको कोभिड–१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी सबै जनाले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिएका छन् । यसअघि नै वैज्ञानिकहरूले प्लाज्मा थेरापीले संक्रमितलाई कुनै फाइदा नहुने भन्दै त्यो उपचार विधि ठिक नभएको बताउँदै आएका थिए ।