६ कार्तिक २०८३, शुक्रबार

बुटवलमा कोरोना भाइरसका थप चार जना संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरसका थप चार जना संक्रमितको मृत्यु भएको छ ।

जेठ २ गते अस्पताल भर्ना भएका अर्घाखाँचीको खनदह–३ का ४३ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते भर्ना भएका रुपन्देहीको सियारी गाउँपालिका–३ का २९ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।

त्यस्तै जेठ २ गते भर्ना भएका तिलोत्तमा–२ का ७९ वर्षीय पुरुष र बुटवल–१२ का ४० वर्षीय पुरुषको पनि सोमबार साँझ अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको बताइएको छ ।