
काठमाडौं, ३ जेठ । शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा उक्लिएको छ ।
सोमवार २० दशमलव ७१ अङ्क बढेर २ हजार ७५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि आइतवार नेप्सेले २ हजार ७३८ विन्दुको रेकर्ड बनाएको थियो ।
आज बैंकिङ समूहको शेयर ९ अङ्कले, व्यापार समूहको ७ अङ्कले, जलविद्युतको ६८ अङ्कले, फाइनान्सको साढे १२ अङ्कले, माइक्रो फाइनान्सको १५ अङ्कले, जीवन बीमा समूहको एक सय १८ अङ्कले, निर्जीवन बीमाको ३९ अङ्कले र अन्य समूहको शेयर साढे ५७ अङ्कले बढेको छ ।
तर, होटेल, विकास बैंक र उत्पादन समूहको शेयर भने आज घटेको छ । साथै कारोबार रकम पनि घटेको छ । २१८ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् ।
















प्रतिक्रिया