६ कार्तिक २०८३, शुक्रबार

किन गरियो हिमाल आरोहण बन्द गर्न सिफारिस ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । एक साताका लागि हिमाल आरोहण बन्द गर्न जल तथा मौसम विज्ञान विभागले सरकारसमक्ष सिफारिस गरेको छ ।

हिन्द महसागरदेखि शुरू भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

चक्रवातको प्रभावका कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको विभागको भनाइ छ ।

तर सरकारले यसबारे अन्तिम निर्णय गर्नुपर्ने हुन्छ ।