६ कार्तिक २०८३, शुक्रबार

बाग्लुङ र कैलालीमा लडेर दुई जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ३ जेठ । बाग्लुङ र कैलालीमा लडेर दुई जनाको ज्यान गएको छ ।

बागलुङको बडिगार्ड गाउँपालिका–३ सिसाखानी बस्ने ७५ वर्षीय धनबहादुर भुजेलको भीरबाट लडेर आइतबार साँझ मृत्यु भएको छ । घर नजिकैको गोरेटो बाटोस्थित भीरबाट करिब २ सय ५० मिटर तल लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै कैलालीको कैलारी गाउँपालिका–६ बस्ने ६० वर्षीय डम्बर प्रसाद चौधरीको सोही ठाउँस्थित भुरा नदीमा लडेर आइतबार मृत्यु भएको छ । साथीहरूसँग माछा मार्न जाने क्रममा लडेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै निषर्ग अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।