६ कार्तिक २०८३, शुक्रबार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ जेठ । अवैध लागूऔषधसहित प्रहरीले झापाबाट तीन जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–२ झापा बजारबाट करिब ५३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु, नगद ५९ हजार रुपैयाँ र २ थान मोबाइलसहित ती तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा गाउँपालिका–१ का १९ वर्षीय प्रताप लिम्बु छन् ।

ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।