
काठमाडौं, ३ जेठ । नेकपा एमालेका नेता वामदेव गौतमले बृहत वाम एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा विज्ञप्ति निकालेर नेता गौतमले नेकपा एमालेसहित बृहत् वाम एकतामार्फत दिवंगत नेताहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनेर कामना समेत गरेका छन् ।
आज पनि मदन भण्डारीले निर्माण गरेको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको उल्लेख गर्दै गौतमले उनीहरूकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गरिरहेको समेत गौतमले दाबी गरेका छन् ।















प्रतिक्रिया