६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डकै कारण नेकपा माओवादी केन्द्रसँगको एकीकरण निष्कर्षमा पुग्न सकेन : ओली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका कतिपय नेताहरूमा विभाजनकारी, अस्थिर र अवसरवादी सोच उत्पन्न हुँदा नेकपा माओवादी केन्द्रसँगको एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अध्यक्ष ओलीले आफूहरुको इमान्दार प्रयास भए पनि कतिपय नेताका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण नेकपाको एकता बचाउन नसकिएको बताएका हुन् ।

आज सोमबार जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औं स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै आर्थिक–सामाजिक रुपान्तरण तथा समाजवादको मुख्य संवाहक बनाउने आफूहरुको इमान्दार प्रयास गरिरहेको दाबी समेत गरेका छन् । यद्यपि, अध्यक्ष ओलीले एमालेले उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित गरी आन्दोलनलनई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहने संकल्प गरेका छन् ।

जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउँदै ओलीले भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’को निरन्तरता रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।