६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

उनको केहीदिन यतादेखि शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत थिए ।