
काठमाडौं, २ जेठ । प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक योद्धा सम्मान २०७७ र २०७८ बाट क्रमशः सामाजिक अभियन्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका कमल चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा वैशाख ३० गते जुम प्रविधिमार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उउनीहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उक्त सम्मान प्रदान गर्न लागिएको हो । सम्मानको राशी जनही २५ हजार रुपैयाँ र कदर पत्र छ ।
सो सम्मानका लागि समाजले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुबै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने बताइएको छ ।
२०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला, पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन् ।















प्रतिक्रिया