६ कार्तिक २०८३, शुक्रबार

पुजारीको घरमा तासको खाल, ७ जना महिलासहित १३ जनालाई प्रहरीले लियो नियन्त्रणमा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका–२० रामघाटस्थित एक पुजारीको घरमा तास खेलिरहेका ७ जना महिलासहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मैयाश्वरी पुजारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पुरुष र ७ जना महिलालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मैयाश्वरीको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८८५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।