
काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल शुरू भएको छ ।
पार्टीभित्रको विवाद समाधानको प्रयासस्वरूप आज जेठ २ गते महत्वपूर्ण अवसर पारेर नेताद्वय छलफलमा जुटेका हुन् । नेकपाको एकता भंग भएर ब्युँतिएको एमालेको सम्पूर्ण संरचना २०७५ जेठ २ गतेको अवस्थामा फर्काइनुपर्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालको एउटा समूह असन्तुष्ट बन्दै आएको छ ।
पछिल्लो समय पार्टी अध्यक्ष ओली करिब सोही मुद्दाको वरिपरि फर्किएको भन्दै दुई नेताबीच वार्ता र छलफल बाक्लिएको छ । आजको छलफलमा पार्टीलाई २०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर विभाजनउन्मुख अवस्थालाई रोक्ने तयारी भइरहेको बताइएको छ ।
त्यसका लागि कार्यदल गठन गर्ने सहमति यसअघि नै भइसकेको छ । तर, कार्यदल गठन भने हुन सकेको छैन । सम्भवतः आजको छलफलबाट कार्यदल गठन हुन सक्छ ।















प्रतिक्रिया