६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमित वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ ।

कार्कीको आइतबार बिहान निधन भएको उनका छोरा पंकज कार्कीले जानकारी दिएका छन् । ८३ वर्षीय कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय थिए ।

कार्कीका ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौं गीत लोकप्रिय छन् । त्यस्तै ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ उपन्यास लगायत दर्जनौं साहित्य पनि उनले सिर्जना गरेका छन् ।