
काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा सम्भावित विभाजन रोक्न आज महन्थ ठाकुर र उपेन्द्र यादवबीच वार्ता हुने भएको छ ।
एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिएसँगै पार्टी विभाजनको अवस्थासम्म पुगन लागेको छ । यसै अवस्थालाई दृष्टिगत गर्दै दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग–अलग बाटो तय गर्ने भन्नेमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया