बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विभाजनको बाटोतर्फ जसपा : बाबुराम–उपेन्द्र पक्षीय केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

दैनिक नेपाल २०७८ जेठ १ गते १२:५२

काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक आज शनिबार दिउँसो १ बजे बस्दै छ ।

हिजो शुक्रबार बसेको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको बहुमत सांसदको बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै बाबुराम–उपेन्द्र पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बस्न लागेको हो ।

जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दाबी गर्दै आएका छन् । त्यसकारण पनि बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने आजको उक्त बैठकले महन्थ पक्षमाथि कारबाहीको प्रस्ताव गर्ने आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित