शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

डब्ल्यूएचओले भन्यो– नेपाललाई आपत्कालीन सहयोग आवश्यक, सरकार के भन्छ ?

दैनिक नेपाल २०७८ जेठ १ गते १२:३१

काठमाडौं, १ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कोभिड महामारीसँग जुध्न नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेको बताएका छन् ।

हिजो शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा डा. गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको उल्लेख गर्दै नेपाललाई तत्काल आपतकालीन सहयोग आवश्यक रहेकोमा जोड दिएका हुन् ।

तर, नेपाल सरकारले भने नेपाललाई आपतकालीन सहयोग आवश्यक रहेको धारणा सरकारको नभई डब्ल्यूएचओको मात्रै भएकाले अहिले नै यस्तो सहयोग लिने अवस्थामा नपुगेको दाबी गरेको छ । सङ्क्रमितको सङ्ख्या बढिरहेको देखेर डब्ल्यूएचओले त्यस प्रकारको मूल्याङ्कन गरेको भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका छन्, ‘विशेष अवस्था भनेर डब्ल्यूएचओसँग कुनै विशेष सहायता हामीले कागेका छैनौं ।’

यद्यपि डब्ल्यूएचओले त्यस्तो ठानेको भए उसको औपचारिक भनाइ आएपछि सरकारले त्यसबारे आवश्यक निर्णय लिने डा. गौतमको भनाइ छ । सङ्क्रमितको सङ्ख्या जसरी बढेको थियो, पाँच दिनयता स्थिर रहेको डा. गौतमको भनाइ छ । शुक्रबार केही घटेको समेत उनले बताएका छन् । एक सातामा अझ कम हुने उनको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित