मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञा थपियो

दैनिक नेपाल २०७८ जेठ १ गते १२:०५

काठमाडौं, १ जेठ । दाङ, सुर्खेत र जाजरकोटमा निषेधाज्ञाको समयावधि थपिएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि वैशाख १७ गतेदेखि निषेधाज्ञा लाग्दै आएको दाङमा जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्लामा आवश्यक सामग्री किन्न आइतबार र बुधबार मात्रै पसल खुल्ने भएका छन् । यसअघि हरेक दिन बिहान ७ देखि ८ बजेसम्म सामग्री किन्न पाइने व्यवस्था भएकोमा आजदेखि हप्तामा दुई दिन मात्रै पसल खुल्ने भएका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निषेधाज्ञा १५ दिन थप गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।

सुर्खेतमा वैशाख १४ गते मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

यसैगरी कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित