६ कार्तिक २०८३, शुक्रबार

स्वास्थ सामग्री र भ्याक्सिन सहयोग गर्न अमेरिकी रास्ट्रपतिलाई हमालको आग्रह

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नयाँ शक्ति पार्टीका संयोजक रवि किरण हमालले अमेरिकी रास्ट्रपतिलाई चिठी लेख्दै कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाललाई सहयोग गर्न आग्रह गरेका छन् ।

स्वास्थ सामग्री साथै भ्याक्सिन सहयोग गर्न उनले अनुरोध गरेका छन् । शुक्रबार एक पत्रमार्फत रास्ट्रपति जोई बाइडेनलाई संकटको समयमा अमेरिकाले नेपाललाई सहयोग गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल सरकारको सम्पुर्ण ध्यान कोभिड–१९ विरुद्ध भए पनि पर्याप्त नभएका कारण अमेरिकी सहयोग आवश्यक छ ।’ चिठीको अन्त्यमा उनले लेखेका छन्, ‘नेपाल–अमेरिका सम्बन्ध जिन्दावाद !’