
काठमाडौं, ३१ वैशाख । बारा र नुवाकोटमा करेन्ट लागेका १/१ जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार बाराको आदर्श कोतवाल गाउँपालिका–३ बातरास्थित काठ चिरान मेशिनमा करेन्ट लागेर सोही ठाउँ बस्ने हिरा रामको छोरा १५ वर्षीय टोनीरामको बिहीबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस्तै नुवाकोटको तादी गाउँपालिका–५ कुखुरेस्थित दोर्खु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–५ स्याङचेत मामा घरमा बस्दै आएका सूर्यगढी गाउँपालिका–१ घर भएका १९ वर्षीय मिलन तामाङको बिहीबार राति मृत्यु भएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया