६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई बामदेवको शुभकामना– ‘पार्टी एकतामा सफलता मिलोस्’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेमा नेता बामदेव गौतमले नवनियुक्त पधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गर्दै नेता गौतमले नेकपा एमालेको एकता निर्माणका लागि पनि ओलीलाई शुभकामना दिएका छन् ।

ओली–नेपालबीचको संवादलाई पार्टीका निम्ती एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने कामना गर्दै गौतमले लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरू अध्यक्ष क. केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव क. माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु,’ उनले अगाडि लेखेका छन्, ‘साथै पार्टी अध्यक्ष क. केपी शर्मा ओली नेपालका ४३औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’