६ कार्तिक २०८३, शुक्रबार

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँट

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । सीइडीबी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) आज शुक्रबार बाँडफाँड गरिएको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको छ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन् भने बाँकी १४ लाख ३ हजार ४६४ जना आवेदकको हात खाली भएको हो ।

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको थियो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरिएको हो ।

१६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको थियो । यो सर्वसाधारणलाई जारी गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।