६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार नाघ्यो, १.०४% को मृत्यु, ७४.५७% निको

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ जना पुगेको छ ।

संक्रमितमध्ये ६२.१२% अर्थात् २ लाख ६७ हजार ४४ जना पुरुष र ३७.८% अर्थात् १ लाख ६३ हजार ३४७ जना महिला छन् ।

संक्रमितमध्ये हालसम्म १.०४% अर्थात् ४ हजार ४६६ जनाको मृत्यु भएको छ भने ७४.५७% अर्थात् ३ लाख २१ हजार ५१८ जनाले संक्रमणलाई जितेर निको भएका छन् । त्यस्तै अहिले नेपालमा २४.४०% अर्थात् १ लाख ५ हजार २०७ जनामा सक्रिय संक्रमण छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको पछिल्लो अपडेटअनुसार संक्रमितमध्ये ९६ हजार ३७९ जना होम आइसोलेशनमा र ८ हजार ८२८ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै १ हजार ३८१ जना आईसीयू र ३८० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ९ हजार ८६० जना संक्रमित थपिएका छन् भने २१४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५५ जना संक्रमितले कोरोनालाई जितेर निको भएका छन् ।

कुन प्रदेशमा कति संक्रमित कहाँ–कहाँ छन् हेर्नुहोस् सूची–