बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख ३० गते २३:०५

काठमाडौं, ३० वैशाख । कोरोना भाइरसको संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु भएको छ ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको आज बिहीबार बेलुका मृत्यु भएको हो । ५६ वर्षीय अध्यक्ष गैरेलाई ९ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अवस्था झनै बिग्रिदै गएपछि बुधबार रातिबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित गैरे निर्वाचनमार्फत डेढ वर्षअघि संघको नेतृत्वमामा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित