९ कार्तिक २०८३, सोमबार

केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । केपी शर्मा ओली पुन प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको गुमाएका ओली बिहीबार राति नै पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा सकिने भएपछि ठूलो दलको संसदीय दलका नेताका आधारमा ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

काँग्रेस र माओवादीले सरकारको दावी पेश नगरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् ।

एमाले फुटाएर सरकार गठन गर्न लागेका काँग्रेस र माओवादी ओली र माधवकुमार नेपालबीचको सहमतिले पछि हटेका हुन् ।

विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।
काँग्रेस र माओवादीले बहुमतको सरकारको दावी नगरेपछि ओली नै पुनः नियुक्त हुन लागेका हुन् ।

यद्यपि अहिले प्रधानमन्त्री नियुक्त भए पनि ओलीले आगामी असार ३० गतेभित्र बहुमत सिद्ध गर्नुपर्नेछ ।

ओली र नेता नेपाल मिलेमा एमालेको १२१ सांसद हुनेछन् र जसपाको समर्थनले बहुमत प्रमाणित गर्न सक्ने ओली सम्भावना छ ।