
काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।
उनीहरुबीच समयमै बहुमतीय सरकारको दाबी लिएर शितलनिवास जाने सहमति भएको स्रोतले बताएको छ । वैकल्पिक सरकार गठनको समय सकिनै लाग्दा प्रचण्ड र देउवाबीच केहीबेरअघि देउवानिवास बूढानीलकण्ठमा भेटवार्ता भएको थियो ।
शितलनिवासले संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा तोकेकी छिन् ।















प्रतिक्रिया