शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकाले नेपाललाई थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने

दैनिक नेपाल २०७८ वैशाख ३० गते १५:२४

काठमाडौं, ३० वैशाख । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ महामारीविरुद्ध नेपाललाई थप स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

नेपालीस्थित अमेरिकी राजदूतावासका अनुसार उक्त कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ ।

नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको दूतावासले जनाएको छ ।

योसँगै नेपालमा यूएसएआईडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभिड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको दूतावासले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित