
काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ ।
काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरूले भेटवार्ता गरिरहेका छन् । माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताका लागि छुट्टै स्थान तय गरिएको बताइएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएपछि ओली र नेपालबीच पुनः भेटवार्ताको वातावरण बनेको हो ।
आजै बिहान बसेको एमाले स्थायी कमिटीले पार्टी एकता जोगाउनका लागि नेपालसहित उनको समूहका ४ जना नेताको कारबाही समेत फिर्ता लिएको छ ।















प्रतिक्रिया