६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमणबाट रेड टेलिभिजनकी अध्यक्ष रामादेवी यादवको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । कोरोना भाइरसको संक्रमणबाट रौतहटको गौरबाट सञ्चालित रेड टेलिभिजनकी अध्यक्ष तथा सञ्चारकर्मी रामादेवी यादवको निधन भएको छ ।

२९ वर्षीया यादवलाई कोरोना संक्रमण भएपछि जिल्लकै गौर अस्पतालमा भनाए गरिएको थियो । सोही अस्पतालमा उपचारत यादवको मंगलबार निधन भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ ।

स्वर्गीय यादवका श्रीमान र चार छोरी छन् । अल्पायुमै भएको पत्रकार यादवको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ ।

महासंघका अनुसार कोरोना संक्रमणका कारण हालसम्म १२ जना पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।