६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसले बोलायो पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

बैठक आज अपराह्न ४ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने छ । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने छ । जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दलहरुलाई दिएकी छिन् । सोही अनुरुप काग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयास थालिरहेको छ । तर, एमालेभित्रको विवाद समाधान उन्मुख बन्दै गएपछि कांग्रेसका तनाव सृजना भएको छ ।