
काठमाडौं, ३० वैशाख । पार्टीलाई २०७५ जेठ २ गते नै नफर्काइए माधव–झलनाथ पक्षका सांसदहरुले आज अपराह्न ४ बजे राजीनामा दिने भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भए पनि पार्टीलाई २०७५ जेठ २ गतेमा फर्काउने सहमति नभए उनीहरुले आजै राजीनामा दिने तयारी गरेका छन् ।
नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो ४ बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताएका छन् ।
कारबाही फिर्ता लिए पनि पार्टी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्नुपर्ने उनीहरुको अडान यथावत छ ।
उनीहरूले ४ बजेसम्मको डेटलाइन क्रियट गरिरहँदा अध्यक्ष ओलीले समूहका नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने सहमति जुटेको छ । तर, भेटवार्ताको समय र स्थान भने अझै टुंगो लगाइएको छैन ।















प्रतिक्रिया