६ कार्तिक २०८३, शुक्रबार

जनस्वास्थ्य प्रोटोकल पालना गरेरै गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन हुन्छ : मन्त्रालय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । शहरी विकास मन्त्रालयले जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरेरै गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन हुने बताएको छ ।

ललितपुरको गोदावरीमा निर्माण सम्पन्न गरिएको सम्मेलन केन्द्र उद्घाटनबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा भ्रमपूर्ण, अनावश्यक हल्ला र चर्चा गरिएको भन्दै मन्त्रालयले आज बिहीबार विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाउँदै विवादित विषयबारे स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भर्चुअल माध्यमबाट उक्त सम्मेलन केन्द्रको उद्घाटन गर्ने तयारी भएको छ ।

‘उद्घाटनस्थल प्रधानमन्त्री निवास बालुवाटार र उद्घाटन हुने गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी ललितपुरमा सीमित व्यक्तिहरुको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गरी कार्यक्रम सञ्चालन हुने व्यहोरा अनुरोध गरिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

कोभिड–१९ को विषम् परिस्थितिका बारेमा मन्त्रालय सजग र समेत रहेकाले कसैबाट पनि सामाजिक सञ्जाललगायतका माध्यमबाट भ्रम सृजना हुने गरी समाचार प्रकाशन तथा प्रशारण नगरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ । भ्रामक प्रचारबाट भ्रममा नपर्न समेत मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ ।

सरकारी योजना अनुसार मन्त्रालयले गोदावरी नगरपालिका–३ ललितपुरमा ३ हजार सिट क्षमताको गोदावरी सनराइज सम्मेलन केन्द्रको निर्माण सम्पन्न भएको छ ।