६ कार्तिक २०८३, शुक्रबार

ट्रमा सेन्टरमा अक्सिजन सकिँदा १०५ जना बिरामी जोखिममा, अस्पतालद्वारा अक्सिजन सहयोगको अपिल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिँदा कम्तीमा १०५ जना बिरामी जोखिममा परेका छन् ।

अस्पतालमा अक्सिजन सकिएर बिरामी छटपटाइरहेको भन्दै अस्पतालले अक्सिजन सहयोगका लागि अपिल गरेको छ । बिहान आठ बजेदेखि अक्सिजन पुरै ठप्प भएकाले बिरामी छटपटाइरहेको कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले जानकारी दिए ।

बुधबार रातभर विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको बताउँदै उनले अक्सिजन सहयोगको अपिल गरेका हुन् । ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको अस्पतालको भनाइ छ ।

उनका अनुसार ट्रमा सेन्टरमा भर्ना भएका सबै बिरामीलाई हाइ फ्लो अक्सिजनको जरुरी छ । ट्रमामा दैनिक ४०० सिलिण्डर अक्सिजन चाहिनेमा तोकिएको १५० वटाको कोटा पनि पूरा नहुँदा विरामी जोखिममा परेका हुन् ।