६ कार्तिक २०८३, शुक्रबार

नेपालको परिस्थिति भयावह रहेको अमेरिकी सांसदको निष्कर्ष, अतिरिक्त सहयोग गर्ने तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ३० वैशाख । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिले कोरोना भाइरसका कारण नेपाल परिस्थिति भयावह रहेको निष्कर्ष निकालेको छ ।

हिजो उक्त समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको थियो । ‘कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’को विषयमा भएको उक्त छलफलमा नेपालमा परेको सङ्कटबारे छलफल भएको हो ।

नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले रोक लगाएकाले अवस्था झन नाजुक भएको भन्दै उक्त समितिले चिन्ता व्यक्त गरेको छ । साथै नेपाललाई अतिरिक्त सहयोग गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

युएसएआइडीका वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएकाले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको अमेरिकी सिनेटलाई जानकारी दिएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका छन् ।