शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमान जाँदै

दैनिक नेपाल २०७८ वैशाख ३० गते १०:३३

काठमाडौं, ३० वैशाख । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको जहाज ओमान जाने भएको छ ।

जहाज शनिबार ओमान उडाउने तयारी भइरहेको छ । ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सनट्रेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारी नेपाल एयरलाइन्सको छ ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकाले हरेक दिन नै नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने छ ।

प्रतिक्रिया
सम्बन्धित