शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नाडा अटोमोवाइल्सद्वारा एपीएफ अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

दैनिक नेपाल २०७८ वैशाख २८ गते २०:३९

काठमाडौं, २८ वैशाख । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सशस्त्र प्रहरी बलअन्तर्गत सञ्चालित नेपाल एपीएफ अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण रोकथामका लागि नाडाले नेपाल एपीएफ अस्पताललाई विभिन्न सहयोग उपलब्ध गराएको हो ।

नाडाले संक्रमण नियन्त्रणका लागि अत्यावश्यक पर्ने स्लीपर ५० सेट, थर्मोसल ब्वाइलेट ५० सेट, बेड सीट ५० वटा, टावेल ५० वटा र मास्क ५००० थान अस्पताललाई हस्तान्तरण गरेको छ । पाँच प्रकारका मेडिकेटेड सामानहरू उक्त अस्पतालअन्तर्गतको कोभिड—१९ युनिफाइड अस्पतालका प्रा. सशस्त्र प्रहरी उपनिरीक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका छन् ।

ती सामानहरू हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाको तर्फबाट सक्दो थप सहयोग समेत गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा डा. कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग उपलब्ध गराएकोमा नाडालाई धन्यवाद दिँदै सहयोगस्वरुप प्राप्त यी मेडिकेटेड सामानहरू अस्पतालमा आउने विपन्न परिवारका सदस्यहरूलाई वितरण गरिने बताइन् ।

कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरीक्षक तथा प्रवक्ता डा. प्रविन नेपाल, नर्सिङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरीक्षक लक्ष्मी अधिकारी समेतको उपस्थिति थियो । त्यसैगरी सो कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित