
काठमाडौं, २८ वैशाख । चीनले दिएको ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनट्रेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामग्री लिएर काठमाडौं आइपुगेको हो ।
चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन गएराति चीनको राजधानी बेइजिङ गएको वाइडबडी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।















प्रतिक्रिया