
काठमाडौं, २८ वैशाख । औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पतालहरु सञ्चालनमा ल्याउनाका साथै अस्पतालहरुमा बिरामीको चापलाई ख्यालगरी जनशक्तिको आपूर्ति तत्काल गर्न सर्बोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोको पूर्वसदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारी र अधिवक्ता शैलेन्द्र अम्बेडकरले प्राधनमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लुम्बिनी प्रदेशका साथै ६ वटा प्रदेशविरुद्ध रिट निवेदन परेको थियो ।
निवेदनमा देशभरको सबै अस्पतालहरुमा आक्सिजन प्लान्ट निर्माण गर्न वा पर्याप्त अक्सिजनको आपूर्ति गर्न, औषधि, कोरोना अस्पताल निर्माण गर्न, बिरामीको चापलाई ख्याल गरी अस्पतालहरुमा तत्काल डाक्टर र नर्स भर्ना गर्न, तत्काल भ्याक्सिनको व्यवस्थापन गर्न, कमिसनखोर र बिरामीहरुसँग चर्को रकम असुल्ने अस्पतालहरुलाई समेत कारवाही गर्न आदेशको समेत माग गरी दायर गरेको रिटमा आज मंगलबार सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।
सर्बोच्चका न्यायधीश बमकुमार श्रेष्ठको एकल इजलासले उक्त फैसला गरेको हो ।

















प्रतिक्रिया