बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौं उपत्यकाकोे निषेधाज्ञा जेठ १३ गतेसम्म लम्बियो, पसल खोल्ने समय पनि बढाइयो

दैनिक नेपाल २०७८ वैशाख २८ गते १३:५६

काठमाडौं, २८ वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समयावधि थप १५ दिन थप भएको छ ।

यो सँगै अब आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप भएसँगै काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्ने अनुमति दिइएको थियो । तर, खुला हुने पसलमा भौतिक दूरी कामलाई अनिवार्य गर्दै थप कडाइ गर्ने निर्णय भएको छ ।

यस्तै निषेधाज्ञाको समयमा पार्टी प्यालेसमा विवाह, ब्रतबन्धजस्ता कार्य गर्न पूर्ण रुपमा रोक लगाइएको छ । अब यस्ता कार्य थोरै व्यक्तिको सहभागितामा घरमै भेला भएर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित