
काठमाडौं, २८ वैशाख । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ । आज मंगलबार अस्पतालका निर्देशकले एक सूचना जारी सो जानकारी गराएका हुन् ।
‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ,’ सूचना मा उल्लेख छ ।
पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको बताइएको छ ।
सप्लायर्सले जति चाँडो किट सप्लाई गर्छ त्यति नै चाँडो परीक्षण सूचारु गरिने पनि अस्पताल स्रोतको भनाइ छ । स्रोतका अनुसार २–३ दिनभित्र सामान आइपुग्ने छ ।
















प्रतिक्रिया