६ कार्तिक २०८३, शुक्रबार

कोरोना सङ्क्रमितको उद्धार गर्दा बढी भाडा नलिनू : प्राधिकरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेपाल नागरिक उड्ययन प्राधिकरणले कोरोना सङ्क्रमितको उद्धारका क्रममा हेलिकोप्टर कम्पनीले बढी भाडा लिएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

प्राधिकरणले विज्ञप्ति निकालेर तोकिएभन्दा बढी भाडा लिएका खबरहरु आइरहेको भन्दै यसतर्फ ध्यानाकर्षण भएको बताएको हो । प्राधिकरणले कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई कम गर्न सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको भन्दै उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई रोक्न पनि भनेको छ ।

यस्तै हवाइ सेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले पनि छुट्टै विज्ञप्ति निकालेर कोरोनाका बिरामी उद्धारका नाममा बढी भाडा नलिन आफ्ना सबै सदस्य कम्पनीलाई अनुरोध गरेको छ ।

अहिलेको अवस्थामा सदस्य वायुसेवा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झी कोरोनाका बिरामी उद्धार उडानमा खटिएको स्मरण गराउँदै सङ्घले नियामक क्यानको नीति नियममा रहेर उडान गरिरहेको बताएको छ । रासस