६ कार्तिक २०८३, शुक्रबार

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ र्वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी बैठक बोलाएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे तयारीका लागि बैठक बोलाएको बताइएको छ ।

कांग्रेसले पदाधिकारी बैठकपछि मात्रै अन्य दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् ।

जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्याउन कांग्रेस–माओवादी गठबन्धनलाई समस्या परेको छ ।