६ कार्तिक २०८३, शुक्रबार

चीनले दिएको अक्सिजन सिलिण्डरसहितको स्वास्थ्य सामग्री आज नेपाल आइपुग्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । स्वास्थ्य सामग्री लिन चीन गएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए३३० जहाज आज नेपाल फर्किदै छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन गएराति चीनको राजधानी बेइजिङ गएको वाइडबडी आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

उक्त जहाजमार्फत ४०० थान अक्सिजन सिलिण्डर, ११० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर नेपाल ल्याइँदै छ ।