६ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीको सक्रियतामा ५,४३२ थान अक्सिजन सिलिन्डर संकलन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म ५ हजार ४३२ थान अक्सिजन सिलिन्डर संकलन भएको छ ।

ती मध्ये १ हजार ४४१ वटा भरिएका र ३ हजार ९९१ वटा खाली सिलिन्डर छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ हजार ५८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जानकारी दिएको छ । बाँकी रहेका ८४३ वटा अक्सिजन सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने भएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

साथै स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।