शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना संक्रमणसँग जुध्न गोल्छा ग्रुपद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक सहयोग

दैनिक नेपाल २०७८ वैशाख २७ गते २१:२५

काठमाडौ, २७ वैशाख । गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई उक्त सहयोग रकम आज हस्तान्तरण गरेका छन् ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको वीवन रक्षा गर्न सफल भएको र अस्पतालले सधैं उत्कृष्ट कार्य गरेकाले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

अहिले कोरोना भाइरसको दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न उक्त सहयोगले केही हदसम्म सहज हुने विश्वास ग्रुपको छ ।

गोल्छा गु्रपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरूको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरूद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरूको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित