६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन्

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउन सकेनन् ।

प्रधानमन्त्रीले आफूलाई संविधानको धारा १०० बमोजिम संसदको विश्वास छ भनी राखेको प्रस्तावमा संसदबाट बहुमतले अस्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रस्तावको पक्षमा जम्मा ९३ मत मात्रै प्राप्त भयो ।

सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित थिए । त्यसमध्ये विपक्षमा १२४ र तटस्थमा १५ मत परेको छ । यो सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् ।

अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्ने छ ।