बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरमको नेतृत्वमा निरज कर्माचार्य

दैनिक नेपाल २०७८ वैशाख २७ गते १६:०३

काठमाडौं, २७ वैशाख । नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न सभाले निरज कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड समीक्षा राईसहित प्रथम उपाध्यक्षमा चिराग गोयल र द्वितीय उपाध्यक्षमा प्रार्थना साखा चयन भएका छन् । त्यस्तै अभिमन्यु गोल्छा, आप्पा शेर्पा, चेतेज तामाङ, दीपिका श्रेष्ठ, ईच्छा मल्ल, रसना श्रेष्ठ र सुविन श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।

नयाँ कार्यसमितिले विद्यमान कठिन समयमा युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष निरज कर्माचार्यले बताए । साथै युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

आफ्नो आगामी चार वर्षे कार्यकाल फलदायी हुने विश्वास कर्माचार्यको छ । एनवाईईएफको काडमाडौं च्याप्टरमा ८० जना सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित