शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले लिए सपथ

दैनिक नेपाल २०७८ वैशाख २७ गते १५:३१

काठमाडौं, २७ वैशाख । राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरुले सपथग्रहण गरेका छन् ।

आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा सपथग्रहण गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराएकी हुन् । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका थिए ।

आयोगका रिक्त अध्यक्ष सहित सदस्यहरुको गत वैशाख १९ गतेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ ।

त्यस अवसरमा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर बिस्तुत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशित गरिन् ।

झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गरिन् ।

प्रतिक्रिया
सम्बन्धित