६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको हो । यद्यपि, यो सिफारिशलाई सीसीएमसीमा पठाउने र सीसीएमसीले निर्णय गर्दा मात्रै लागू हुने छ ।

यसैबीच भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक पनि बस्दै छ । उपत्यकामा १६ गतेदेखि जारी निषेधाज्ञाको समय २९ गते सकिंदै छ ।